सानिमा मिडल तमोर कम्पनीको आईपीओ बाँडफाँट, ८ जनालाई ११ कित्ता
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीमा आवेदन दिने आवेदनकर्तामध्ये ८ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।
बुधबार भएको आईपीओ बाँडफाँटमा ८ जनाले ११ कित्ता सेयर हात पारेका हुन् ।
आईपीओमा आवेदन दिएकामध्ये ४ लाख २४ हजार ८९३ जना सर्वसाधारणले सेयर हात पारे ।४ लाख २४ हजार ८८५ जनाले १० कित्ता र ८ जनाले थप १-१ कित्तासहित ११ कित्ताको दरले सेयर हात पारेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
आईपीओमा १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएका थिए । जसमा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले फागुन २६ देखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निष्कासन गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ निष्कासन गर्ने कम्पनीको वेवसाइट, मेरो सेयर एकाउन्ट । सीडीएससीले आईपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइट मार्फत थाहा पाउन सकिने छ ।