लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन नेप्सेले ल्याएको ‘सिमुलेटर’ प्रणाली के हो, कसरी चलाउने ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको छ ।
नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ ।
प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्नेछन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।