एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा बोनस ८.५० प्रतिशत र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले. पाउनेछन् ।


क्लिकमान्डु