यी हुन् रिलायन्स लाइफका ठूला ९ सेयरधनी



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा बढी सिद्धार्थ बैंकको १२.५७ प्रतिशत अर्थात २६ करोड ४० लाख कित्ता रहेको छ ।

यस्तै अग्नि होल्डिङ प्रालिको ४.७६ प्रतिशत अर्थात् १० करोड कित्ता, सभिता केडियाको २.३१ प्रतिशत अर्थात् ४ करोड ८६ लाख कित्ता, मनोज कुमार केडियाको १.९० प्रतिशत अर्थात् ४ करोड कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म पवन कुमार अग्रवालको १.९० प्रतिशत अर्थात् ४ करोड, देवराज राजभण्डारीको १.९० प्रतिशत अर्थात् ४ करोड, भरत कुमार तोदीको १.४२ प्रतिशत अर्थात् ३ करोड, नरेन्द्र कुमार अग्रवालको १.४२ प्रतिशत अर्थात् ३ करोड, रिसी अग्रवालको १.३१ प्रतिशत अर्थात् २ करोड ७५ लाख कित्ता र राहुल अग्रवालको १.१९ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । त्यसका लागि बीमा प्राधिकरणले बिहीबार मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ ।


क्लिकमान्डु