भिभोका दुईवटा मोबाइलको मूल्य ३ हजारका दरले घट्यो, अब कति पर्छ ?
काठमाडौं । भिभोले भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी २५ई र वाई १५ सी मोडलहरूको मोबाइलको मूल्य भारी मात्राले घटाएको छ ।
भी २५ ई (८+१२८ जीवी) को मूल्य ४२,९९९ रुपैयाँ थियो र अब ३००० रुपैयाँले घटेरे यो स्मार्टफोन नयाँ मूल्य ३९,९९९ रुपैयाँमा उपलब्ध हुने भएको छ ।
त्यस्तै १७,९९९ मूल्य रहेको भिभो वाई १५ सीको मूल्य पनि ३००० ले घटेको छ । वाई १५ सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४,९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।’
भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालीन फोटोग्राफीलाई सुधार गर्दछ । फोनमा ४४वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् ।
भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा ८जीवी र्याम छ जसलाई ३.० र्यामको सहायताले ८जीवी सम्म विस्तार गर्न सकिन्छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।
वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।