लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओको तलब ५७ लाख, सेयरधनीलाई कति बोनस ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८र०७९ मा प्रमुख कार्यकारी अध‍िकृत ९सीईओ० लाई ५६ लाख ९८ हजार ९४ रुपैयाँ तलब भत्ता दिएको छ ।

कम्पनीले गत आवमा प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता, दशैं खर्च, सञ्चित बिदा, बोनस समेत गरी उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

यस्तै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतकदेखि प्रबन्धक तहसम्मका २६ जना पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता, दशैं खर्च, सवारी साधन भत्ता, फिल्ड भत्ता ९ बजार बिभाग अन्तर्गत०, सञ्चित बिदा, बोनस समेत गरी ४ करोड २९ लाख ९ हजार ७१४ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै कम्पनीले गत आवमा सञ्चालकहरूलाई बैठक भत्ता बापत १७ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

कम्पनीले साधारण सभाको निर्णय अनुसार अध्यक्ष र सञ्चालकलाई १५ लाख बराबरको व्यक्तिगत दुर्घटना बीमा र पति र पत्नी सहित समेट्ने गरी ३ लाख बराबरको औषधोपचार बीमा गरिएको छ ।

अध्यक्ष तथा सञ्चालकहरूलाई मोबाइल, इन्टरनेट, पत्रपत्रिका, इन्धनको लागि प्रति महिना प्रतिव्यक्ति ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले गत आवको लाभा‌शबाट सेयरधनीलाई ६‍.९९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।३६ प्रतिशत नगद लाभा‌श दिएको छ ।


क्लिकमान्डु