सगरमाथा इन्स्योरेन्सका सीईओको तलब र सञ्चालकको भत्ता करिब सवा करोड, सेयरधनीलाई लाभांश कति ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९८ लाख ५७ हजार ६४४ रुपैयाँ तलब भत्ता दिएको छ । कम्पनीको सीईओमा चंकी क्षेत्री रहेका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई उक्त रकम तलब, भत्ता तथा अन्य सूविधा बापत दिएको हो । यस्तै कम्पनीले सञ्चालकहरुलाई २१ लाख ४ हजार ४०० रुपैयाँ भत्ता दिएको छ । कम्पनीले सञ्चालकलाई भत्ता बपात १४ लाख ५६ हजार ४०० रुपैयाँ र पत्रपत्रिका तथा इमेलबापत ६ लाख ४८ हजार रुपैयाँ दिएको छ । बैंकले सीईओलाई तलब भत्ता र सञ्चालकलाई भत्ता स्वरुप १ करोड १९ लाख ६२ हजार ४४ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले हाल सञ्चालक समितिका अध्यक्षलाई १० हजार र सदस्यलाई ८ हजार बैठक भत्ता दिने गरेको छ । अब भने भत्ता बढाएर अध्यक्षको १८ हजार र सदस्यको १५ हजार पुर्याउने प्रस्ताव रहेको छ । यो प्रस्ताव अब बस्ने साधारण सभाले पारित गरेपछि लागू हुनेछ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२.४० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु