गुन्द्रुक ब्रान्डिङ गरिँदै



मङ्गलबारे । ‘गुन्द्रुक’ शब्द सुन्दा हेपेर बोलिए जस्तो लाग्छ । तर, त्यही गुन्द्रुकको स्वाद मीठो नलाग्ने मान्छे भने कमै हुन्छन्। अमिलो मनपर्ने नेपालीको भान्सामा अत्यधिक मन पराइने परिकार हो गुन्द्रुक। गुन्द्रुकको झोल र अचार निकै स्वादिलो हुन्छ ।

नेपाल कृषि प्रधान मुलुक हो । नेपालीले तरकारी खेती गर्ने गरेका छन् । सोही तरकारीको सागबाट गुन्द्रुक बनाइन्छ । हामीले मुलाको मात्र गुन्द्रुक खाएका हुनसक्छौँ । तर मुलाको सागसँगै रायोको साग, फूलकोपी, बन्दाकोपी, तोरीको सागबाट समेत स्वादिष्ठ गुन्द्रक तयार गरिन्छ । सबैभन्दा बढी त मुलाको सागबाट गुन्द्रुक बनाइन्छ । साथै मुलाबाट सिन्की निर्माण बनाइन्छ । प्रायः किसानको करेसामा साग र मुला रोप्ने गरिन्छ । सोही सागबाट गुन्द्रुक बनाइन्छ । उत्पादित बजारसम्म पु¥याउन सके उपभोक्ताले खरिद गरेर तरकारी खान्छन् ।

इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाईबस्तुलाई खुवाउने गरिन्छ । सोही सागलाई गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । जनताको पहिलो सरकार भनेकै स्थानीय तह हो । सोही स्थानीय तहले किसानका क्षेत्रमा काम गर्न नसक्दा उत्पादित तरकारीसमेत खेर गइरहेका छन् । तर इलामको रोङ गाउँपालिकाले भने गुन्द्रुक ‘ब्रान्डिङ’ सुरु गरेको छ । किसानले उत्पादन गरेर खेरगइरहेको सागबाट गुन्द्रुक बनाइन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो । उत्पादन र बजारीकरण सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको छ । तर अब गुन्द्रुकले भाउ पाउने धेरै किसानको अपेक्षा रहेको छ ।

इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्ने गरिको काम अगाडि बढाएको छ । स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पु¥याउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।

गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन सुरु गरेको छ । पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने तरकारी यहीँ बिक्री हुन्छ । खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की निर्माण गरिने गाउँपालिकाको लक्ष्य रहेको छ ।

उत्पादित सिन्की–गुन्द्रुकलाई प्रवद्र्धन गर्ने कार्यक्रम अगाडि बढाइएको जनाइएको छ । प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोको भनाइ छ ।

उत्पादित साग बजारमा बिक्री हुने र बाँकी रहेको पालिकाले किसानलाई प्रतिकेजी रु ८० अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाले सुरुआती तीन महिना गुन्द्रुक–सिन्की लेबलिङका लागि फुड टेक्निसियनसमेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ ।

६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार उपलब्ध गराउने छ । पालिकाले रु १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्ने बताइको छ । देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवं मार्केटिङको सबै कार्य गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

उनका अनुसार यसवर्ष कम्तीमा तीन सयदेखि एक हजार किलो उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिनेछ । पहिलो चरणमा ६० जना किसानलाई सहभागी गराइएको छ भने आगामी वर्ष अझ यसलाई बढाएर कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश नं १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडि आदरणीय थप्ने भन्दै नेपालमा अहिलेसम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुःखद् रहेको किसानको समेत भनाइ रहेकोछ । यसको रिसर्च रोङ गाउँपालिकाबाटै सुरु हुने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पालिकाले हरेक वर्ष एक÷दुईवटा उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढवा दिइने बताइएको छ । तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम बढाइएको बताइएको छ ।

चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न तीन लाख, बीउका लागि दुई लाख, प्रतिकिलो अनुदानका लागि रु तीन लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न दुई लाख विनियोजन गरेको छ । “उत्पादनपश्चात सहकारीमार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदै गरेको छ । विश्लेषणसहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको बताइएको छ ।

उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकारबीच साझेदारीपछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिनेछ । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बीमा लागू गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

कसरी निर्माण गरिन्छ गुन्द्रुक ?

सागलाई अमिल्याएर बनाइएको वस्तुलाई नै गुन्द्रूक भनिन्छ । गुन्द्रुक राष्ट्रिय तरकारीसमेत हो । राष्ट्रिय तरकारी भएर पनि सम्मान पाउन नसकेको गुन्द्रुकलाई नेपालभित्र मात्र नभएर विश्व बजारमा पर्याउन कार्यक्रम थालिएको हो । गाउँघरमा प्राय किसानले गुन्द्रुक बनाएको भए पनि पनि सहर बजारमा गुन्द्रुक कसरी बनाइन्छ भन्ने कमैलाई मात्र जानकारी हुने गरेको छ ।

हरेक किसानले साग रोप्ने गर्छन् । त्यही सागलाई गुन्द्रुक बनाए वर्षैसम्म प्रयोग गर्न सकिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ र यसलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

छिप्पिएको रायो, तोरी, मुलाका पात टिपेर घाममा केही दिन ओइलाइन्छ । त्यसलाई ढिँकीमा अथवा कुनै प्रविधिबाट कुच्याइन्छ र गहिरो खाडलवा प्लाष्टिकको भाँडोमा खाँध्ने गरिन्छ । खाडलमा लगाइएको भने खाल्डोमाथि पुरेपछि आगो बालेर तताइन्छ । प्लाष्टिकको भाँडोमा लगाइएको भए तातो ठाउँमा राखिन्छ ।

यसरी लगाइएको २२ देखि दुई महिनामा यसलाई बाहिर किालिने गरिएको छ । खाल्डोमा लगाइएको भए माटो नलागोस् भनेर वरिपरी बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल आदि लगाएर बिचमा खाँदेर छोपिन्छ । सागअनुसार अट्ने खाल्डो खनिएपछि त्यसलाई समेत केही दिनभित्र आगो बालेर तातो पारिन्छ । लगाइएको प्राय २२ देखि एक महिनामा यसको स्वाद अमिलो हुन्छ । निकालेर आवश्यक्ता अनुसार काटेर घाममा सुकाइन्छ । यसरी तयार पारिएको वस्तुलाई हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौँसम्म खान सकिन्छ । यसलाई तरकारी वा अचार बनाएर पनि खाने गरिन्छ । सिन्की र गुन्द्रुक बनाउने तरिका एउटै हो । मुलाबाट सिन्की निर्माण हुन्छ भने सागबाट गुन्द्रुक तयार हुन्छ ।

यस्तो बस्तु हाल थकाली भान्सादेखि चारतारे होटलमा समेत पछिल्लो समय अत्याधिक चल्न गरेको छ । नेपालमा हाल पनि बढिजसो मानिस कृषिमा लागेका छन् । हरेक निर्वाचन अघि उम्मेद्वार र पार्टीले घोषणापत्रमा नै कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ । तर उल्लेख्या काम गर्न नसक्दा किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न नै पाउँदैन । बजार पुगे पनि उचित मूल्य पाउन नै सकेको छैन ।

किसानका उत्पादन बजारीकरण गर्ने वाचा गरेका नेताले जितेर माथि पुग्छन् तर भोट दिने जनता जहीकोतहिँ भइरहेका छन् । चुनाव अघि तिनै जनतासँग निउरिने नेता चुनाव जितेपछि किसानप्रति कुनै योजना बनउँदैनन् । त्यसैले पनि किसानका उत्पादन सदुपयोग हुनसक्दैनन् । उतदित बस्तु बजारीकरण हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङगाउँपालिकाले प्रयास थालेको छ । यो प्रयासले निरन्तरता पाउन सके किसानको जनजीविकाका क्षेत्रमा निकै महत्वपूर्ण मानिनेछ ।


क्लिकमान्डु