संसारभर नै स्मार्टफोनको बिक्री घट्दो



काठमाडौं । गत वर्ष संसारभर नै स्मार्टफोनको बिक्री घटेको पाइएको छ । संसारकै सबैभन्दा ठूलो मोबाइल मार्केट भारत र चीनसँगै अन्य देशहरुमा पनि गत वर्ष मोबाइलको बिक्रीमा भारी गिरावट आएको पाइएको छ ।

काउन्टर पोइन्ट मार्केट रिसर्चको रिपोर्टकाअनुसार गत वर्ष सबैभन्दा धेरै चीनमा र त्यसपछि भारतमा स्मार्टफोनको बिक्रीमा कमी आएको हो ।

२०२१ को तुलनामा भारतीय बजारमा २०२२ मा स्मार्टफोनको बिक्री ९ प्रतिशतले घटेको पाइएको छ । त्यस्तै, संसारकै सबैभन्दा ठूलो स्मार्टफोन बिक्री हुने चीनमा गत वर्ष १४ प्रतिशतसम्मको गिरावट आएको छ ।

चीनमा लगातार पाँचौं वर्ष स्मार्टफोनको क्रिीमा गिरावट आएको हो । चीनमा गत वर्ष सर्वाधिक बिक्री हुनेमध्येको एप्पलको स्मार्टफोन ‘आइफोन’को बिक्री पनि ३ प्रतिशतले घटेको थियो ।

सँगै २०२१ को तुलनामा २०२२ मा फाइभी स्मार्टफोनको बिक्री भने संसारभर नै बढेको छ । २०२१ मा १९ प्रतिशत रहेको फाइभजी स्मार्टफोनको बिक्री २०२२ मा २१ प्रतिशत बजार हिस्सा ओगट्ने गरि भएको छ ।


क्लिकमान्डु