इयुको सूरक्षा चासोबाट हट्ने समय थप लम्बियो, तत्काल इयूको टोली अनुगमनमै नआउने



काठमाडौं । युरोपियन युनियन (इयु) को हवाई सुरक्षा कमिटिले नेपालको हवाई सुरक्षा मुल्यांकन तत्काल नगर्ने भएको छ ।

सन् २०१३ देखी नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको इयूले फुब्रुअरीमा हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरको थियो ।

गत जुनमा स्थलगत अनुगमनपछि इयूको हवाई सुरक्षा कमिटिले नेपाली वायू सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट बाहिर निकालेका थिएन ।

गत नोभेम्बरमा प्रकाशित इयूको प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासो मै थिए ।

हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधीक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन नै नगर्ने भएपछि नेपाली वायू सेवा कम्पनी फेरी पनि हवाई सुरक्षा चासोमै पर्ने भएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदुत नोनो डेप्रेजले जारी गरेको संयुक्त विज्ञप्ती पोखरामा भएको हवाई दुर्घटना पनि तत्काल युरोपिन युनियनको हवाई सुरक्षा समितिले गर्न लागेको स्थलगत अनुगमन स्थगित भएको उल्लेख छ ।

प्राधिकरण दुर्घटनापछिको घटना क्रममा व्यस्त हुनु पर्ने भएपछि युरोपियन युनियनको अनुगमन रोकिएको विज्ञप्तीमा उल्लेख छ।


क्लिकमान्डु