नेप्सेमा ३३.२८ अंकको गिरावट, ६ अर्ब माथिको कारोबार

56
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार भने नेप्से ७.८८ अंकले बढेको थियो ।

आज नेप्सेमा कुल ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार भने नेप्सेमा कुल ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ३६ कम्पनीको सेयर मूल्य बढ्दा २३४ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।