नेपाल बैंकर्स संघको अध्यक्षमा सुनील केसी चयन



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल केसी निर्विरोध चयन भएका छन् ।

संघको बुधबार सम्पन्न बिशेष साधारण सभाले अध्यक्षमा केसीलाई चयन गरेको हो । केसी यसअघि संघमा उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षमा माछापुच्छे बैंकका सीईओ सन्तोष कोइराला चयन भएका छन्।

यस्तै सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपक कुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सेदश खालिंग र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेको छन् । सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक शमसेर जब राणा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष के.सीले आफ्नो कार्यकालमा बैंकिङ्ग क्षेत्रको हित तथा थप सफलताका लागि प्रयत्नशील रहने बताए ।


क्लिकमान्डु