भेटेरिनरी औषधि बेच्ने कान्तिपुर भेटले गर्यो १ अर्ब १९ करोडको कारोबार



काठमाडौं । भेटेरिनरी औषधि बेच्ने कान्तिपुर भेट डिस्ट्रिब्यूटर प्रालिले सन् २०२२ मा १ अर्ब १९ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले विभिन्न देशबाट जनावर र पोल्ट्री हेल्थ सम्बन्धी वस्तु जस्तै भेटेरिनरी औषधि, भ्याक्सिन र फीन सप्लीमेन्टजस्ता वस्तु आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

देशभर २० वटाभन्दा बढी ब्रान्डको वितरक रहेको कम्पनीले सातै देशमा भेटेरिनरी औषधि बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । जसमा कम्पनीले सन् २०२२ मा ८.९७ प्रतिशत नाफा कमाएको सन् २०२१ मा ४.९० प्रतिशत कमाएको थियो ।

कम्पनीले सन् दीर्घकालीन कर्जाका लागि १४ करोड ७९ लाख रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि ८५ करोड ३ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ । कम्पनीले ९९ करोड ८२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

नेपालमा यस क्षेत्रमा व्यापार गर्ने चार सयभन्दा बढी साना र ठूला उद्योग छन् । जसले गर्दा मूल्यमा निकै प्रतिस्पर्धा रहेको कम्पनीको भनाइ छ ।

सन् २००१ देखि भेटेरिनरीसम्बन्धी वस्तु बिक्री गर्दै आएको कम्पनीमा तीन जना सञ्चालक समिति छन् । सुना सुवेदी अध्यक्ष, हेमराज बडाल र अमिटकुमार झा कार्यकारी निर्देशक हुन् ।


क्लिकमान्डु