सिवाईसी नेपाल लघुवित्तको ३१.५८% लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा बोलाएको छ ।

३० गतेको सभाका लागि भन्दै कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै साधारण सभामा पनि भाग लिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कमपनिको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।


क्लिकमान्डु