दुर्गेश थापामाथि स्टेजमा ढुंगाप्रहार, रोकियो प्रस्तुति



चन्द्रौटा । कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिबार थापामाथि आक्रमण भएको छ ।

मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि उनको प्रदर्शन रोकिएको थियो ।आक्रमणपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाह प्रहरणमा शाहलाई फसाउन किशोरीलाई सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । त्यसपछि उनीमाथि शाहका समर्थकले सामाजिक सञ्जालमा चरेको आलोचना गरेका थिए ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले दुर्गेशमाथि स्टेजमा आक्रमण भएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।


क्लिकमान्डु