नयाँ वर्षको अवसरमा बजाजको ‘क्युआर क्याम्पेन’ सार्वजनिक, १ लाखसम्म नगद र उपहार जित्न सकिने

105
Shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘बजाज न्यू इयरको क्युआर’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने!’ भन्ने मुख्य नाराका साथ ल्याइएको यस योजनाले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत मनोरञ्जनका साथै पुरस्कार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू, विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य स्थानमा राखिएका क्युआर कोड स्क्यान गरेर गेम खेल्न सक्नेछन् ।

पुरस्कारको हकमा हरेक दिन सहभागीहरूमध्येबाट एक जना भाग्यशाली विजेताले ‘स्मार्ट वाच’ जित्नेछन् । यसका साथै, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि थप आकर्षक योजना रहेको छ। खरिदकर्ताहरूले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार र अन्य विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार हालसम्म क्युआर कोड मुख्यतया भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद र उपहार जितेर नयाँ अनुभव लिन सक्नेछन् ।

यस योजनाबारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्युआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौँ ।’

यो योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।