१३ लघुवित्तको लाभांश घोषणा, कुनको बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म १३ वटाले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन् ।

आधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, गुराँस लघुवित्त, आरएसडिसी लघुवित्त, साना किसान लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, आरएसडिसी लघुवित्त र जाल्पा लघुवित्तले उक्त आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।

यी १३ लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले दिने भएको छ । कम्पनीले आव २०७८/७९ को मुनाफाबाट ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यस्तै, आधिखोला र सिवाईसी लघुवित्तले ३१.५८ प्रतिशत लाभांश दिने भएका छन् । आव २०७८/७९ को मुनाफाबाट आधिखोलाले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी सो दरको लाभांश प्रस्ताव गरेको हो । सिवाईसीले पनि सोही दरमा लाभांश दिने घोषणा गरेको छ ।

यस्तै, फरवार्ड माइक्रो फाइनान्सले आव २०७८/७९को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आरएमडिसी र साना किसान लघुवित्तले आव २०७८/७९को मुनाफाबाट २७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । कम्पनीहरुले २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

यस्तै, मिर्मिरे र नेरुडे लघुवित्तले २३ प्रतिशतको दरले लाभांश दिने प्रस्ताव गरेका छन् । मिर्मिरले आव २०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनस सेयर मात्रै दिने भएको हो । भने नेरुडेले २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

साधना लघुवित्त, मेरो माइक्रो फाइनान्स र फस्र्ट फाइक्रो फाइनान्सले २० प्रतिशतका दरले लभांश दिने प्रस्ताव गरेका छन् ।
फस्र्ट माइक्रो फाइनान्सले १९ प्रतिशत बोनस सेयर १ प्रतिशत नगद लाभांश, मेरो माइक्रो फाइनान्सले १० प्रतिशत र १० प्रतिशत नगद लाभांश र साधना लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

आव २०७८/७९को मुनाफाबाट आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, गराँस लाइफले ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कुल ४.२१०५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीहरुद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि कम्पनीहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाभांश घोषणा गरेका १३ वटा कम्पनीमध्ये १० वटाले सधारणसभा बोलाएका छन् ।

तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश घोषणा गरेका लघुवित्त कम्पनीमध्ये आरएसडिसी, फरवार्ड माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आरएसडिसी लघुवित्तको पुस २९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा एशियन होटल, बुटवलमा बस्नेछ । लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जनअनुसार नेप्सेमा १४ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको लभांश पाउनेछन् ।

फरवार्ड माइक्रोफाइनान्सको १० औं वार्षिक साधारणसभा पुस ३० गते बस्दैछ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, सुनसरीमा बस्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले साधारण सभामा भाग जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
फस्र्ट माइक्रोफाइनान्सले पुस ३० गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा अम्रपाली बैक्वेट, भाटभटेनीमा बस्नेछ । कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।

अन्य कम्पनीको बुक क्लोज कहिले ?

साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तले पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिवाईसी नेपाल लघुवित्तको १५ औं वार्षिक साधारणसभा पुस ३० गते संस्थाको केन्द्रीय कार्यालय पोखरामा बस्दैछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जनअनुसार पुस १८ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीले घोषणा गरेकोे लाभांश पाउन सक्नेछन् ।

गुराँस लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसककेको छ । लघुवित्तले पुस ३० गते भेडेटार भिलेज रिसोर्ट, धनकुटामा सातौँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

मिर्मिरे लघुवित्तले १२ औँ वार्षिक साधारणसभा पुस ३० गते योयो बैंक्वेट, , सूर्यविनायक, भक्तपुरमा बस्दैछ । लघुवित्तले सधारणसभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन र कम्पनीले प्रस्ताव गरेको उक्त दरको लाभांश पाउनेछन् ।

यस्तै, सानाकिसान लघुवित्त र आरएमडिसी लघुवित्त र नेरुडे लघुवित्तले भने साधारणसभाको मिति तय गरेका छैनन् ।


क्लिकमान्डु