प्रभु बैंकका सीईओको तलब भत्ता ४ करोड ३ लाख, सञ्चालकले कति लिए ?



काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई गत आर्थिक वर्षमा तलब-भत्ता लगायत सेवा सुविधा बापत ४ करोड ३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओ अशोक शेरचनलाई उक्त रकम तलब-भत्ता लगायत सेवा सुविधा बापत भुक्तानी गरेको हो ।
बैंकका अनुसार गत आवमा सीईओ शेरचनलाई तलब-भत्ता बापत ३ करोड ३ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार, दशैं तथा बिदा बापत भत्ता स्वरुप ४३ लाख २३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्च बापत ४९ लाख ४५ हजार रुपैयाँ प्रदान गरेको छ । सञ्चालक समितिका अध्यक्षले प्रति बैठक भत्ता १२ हजार र सञ्चालकले १० हजार रुपैयाँ लिने गरेका छन् ।

बैंकले अध्यक्षलाई टेलिफोन, मोबाइल तथा पत्रपत्रिकाको लागि प्रति महिना ११ हजार र सञ्चालकलाई १० हजार रुपैयाँ दिने गरेको जनाएको छ ।


क्लिकमान्डु