कहिलेसम्म सेयरधनी बन्नेले पाउँछन् मेरो माइक्रोफाइनान्स लघुवित्तको २०% लाभांश ?



काठमाडौं । सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय घोषणा गरेको छ ।

सेयरधनीलाई १० प्रतिशत बोनस र कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन् ।

कम्पनीले माघ ६ गतेका लागि १० औं बार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि पुस २२ गते बुक क्लोज गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु