एनसीसी र कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने



काठमाडौं । एनसीसी र कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ ।

मर्जरपछि एकीकृत कारोबारको अन्तिम तयारीमा रहेका दुवै बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

यस्तै १७ गनेदेखि नै दुवै बैंकको एकीकृत कारोबार हुनेछ । अब कुमारी बैंकको नामबाट कारोबार हुनेछ ।


क्लिकमान्डु