समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन संयोजकमा प्रकाश कुमार श्रेष्ठ छनौट



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन संयोजकमा प्रकाश कुमार श्रेष्ठ छानोट भएका छन् ।

नेपाल राष्ट्र बैंकले भदौ २० गते सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक र सदस्य पदमा आवेदन माग गरेको थियो । बैंकले संयोजक र सदस्य पदमा १/१ जनाको आवेदन माग गरेको थियो ।

संयोजक पदका लागि ४ जना र सदस्य पदका लागि ५ जनाको आवेदन परेको थियो ।

संयोजक पदका लागि प्रकाश कुमार श्रेष्ठ, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागर कुमार घिमिरेले आवेदन दिएका थिए ।

जसमध्ये परीक्षामा सहभागि भएका उम्मेदवारले प्राप्त गरेको कुल अंकको आधारमा संयोजक पदमा श्रेष्ठ छनोट भएका हुन् । यस्तै, वैकल्पिक उम्मेदवारमा योग्यताक्रमअनुसार क्रमशः विष्णुमणि गौतम र सागर कुमार घिमिरे परेका छन् ।

यस्तै, सदस्य पदमा गोविन्द प्रसाद शर्मा छनोट भएका छन् । यस पदका लागि आवेदन दिएका उम्मेदवारहरुमध्ये काजीराम कार्की र तारानाथ पाण्डे वैकल्पिक उम्मेदवारको सूचीमा परेका छन् ।

उक्त पदमा छनौट भएकाहरुले पुस २४ गतेसम्म बैंकको वित्तीय सुपरिवक्षेण विभाग, छनौट समितिमा सम्पर्क गरिसक्नुपर्नेछ । तोकिएको मितिभित्र सम्पर्क गर्न नआएमा वैकिलपक उम्मेदवारलाई नियुक्ति दिइने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले संयोजक पदका लागि राष्ट्र बैंकले १ लाख २६ हजार ३ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरु तोकेको छ ।

यस्तै, सदस्य पदका लागि १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरु हुने छन् । साथै, दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु