विकास बैंकको सम्पत्ति तथा दायित्व १६.६८% ले बढेर ६ खर्ब ३३ अर्ब पुग्यो



काठमाडौं । गत आर्थिक वर्ष विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १६.६८ प्रतिशतले बढेर ६ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा विकास बैंकको कुल सम्पत्ति तथा दायित्व ९० अर्ब ६१ करोड रुपैयाँले बढेर ६ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।

२०७८ असार मसान्तसम्म विकास बैंकहरुको सम्पत्ति, दायित्व ५ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा विकास बैंकहरूको कुल निक्षेप १४.२८ प्रतिशतले बढेर ५ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ४५ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा विकास बैंकको निक्षेप ६३ अर्ब ६५ करोड रुपैयाँले बढेको छ ।

विकास बैंकको निक्षेप संकलनभन्दा कर्जा लगानी बढी प्रवाह भएको छ । गत आवमा १४.२८ प्रतिशतले निक्षेप बढेको छ भने कर्जा प्रवाह १५.२० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म कर्जा तथा लगानी १५.२० प्रतिशत बढेर ४ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा ५८ अर्ब ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ८३ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै विकास बैंकको कुल पुँजीकोष २५.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तमा ४८ अर्ब ७७ करोड रुपैयाँ रहेकामा गत असार मसान्तसम्म २५.१६ प्रतिशतले बढेर ६१ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यता प्राथमिक पुँजी कोष पनि १३.७५ प्रतिशतले बढेर ४९ अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४३ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा विकास बैंकको निष्कृय कर्जा अनुपात ०.०६ प्रतिशत बिन्दुले बढेर १.३६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा १.३० रहेको थियो ।

बैंकको विपन्न वर्ग कर्जा अनुपात ३.१७ प्रतिशतले घटेर असार मसान्तसम्म ११.४४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु