यूनियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस ६ गते स्वीकृतभएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखहरुमा आव २०७७/०७८ का प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीको सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा बीमितले न्यूनतम प्रतिहजार २९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७१ रुपैयाँसम्म बोनसदर पाउँनेछन् । यस योजनामा कम्पनीले २५ वा सो भन्दा माथिका लागि ७१ रुपैयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले सीमित भुक्तानी सावजधिक जीवन बीमा योजना(एकल) बीमा योजनामा न्यूनतम २६ रुपैयाँ र अधिकतम ४१ रुपैयाँ बोनसदर कायम गरेको छ । यस योजनामा कम्पनीले २५ वा सो भन्दा माथिको बीमा अवधिका लागि ४१ रुपैयाँ बोनासदर कायम गरेको छ ।

यस्तै, बीमितले कम्पनीको सीमित भुक्तानी सावधिक जरुीवन बीम योजना(रेगुलर) का लागि न्यूनतम २९ रुपैयाँ र अधिकतम ७१ रुपैयाँ, सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम ४९ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ र सीमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको जीवन आधार जीवन बीमा योजनामा बीमितले सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनसदर पाउँनेछन् ।
यस्तै, कम्पनीको जीवन सम्पन्न बीमा योजनामा पनि बीमितले सबै बीमा अवधिमा ५० रुपैयाँ बोनसदर पाउँनेछन् ।

अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्मका लागि पनि माथि उल्लेखित बोनसदर नै कायम हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु