निक्षेप २० अर्ब १० करोडले थपिदा कर्जा प्रवाह ८० करोड मात्रै



काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढ्दा कर्जा लगानी ८० करोड मात्रै बढेको छ ।

संघीय निर्वाचनपछि प्रणालीमा पैसा फर्कन थालेपछि निक्षेप बढ्दै गएको बताइन्छ । निर्वाचनपछि पैसा प्रणालीमा फर्केर निक्षेप बढेको भएपनि कर्जा प्रवाह भने उल्लेख्य हुन सकेको छैन ।

पछिल्लो समय चर्को ब्याजदरका कारण बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जा न्युन रहेको छ । बैंकर्स संघका अनुसार एक साताको अवधिमा प्रणालीमा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढ्दा कर्जा प्रवाह भने ८० करोडको मात्रै भएको छ ।
संघका अनुसार पुस ८ गतेसम्म आइपुग्दा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । पुस १ गतेसम्म ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै कर्जा प्रवाह भने निक्षेप संकलनको तुलनामा न्यून देखिएको छ । एक साताको अवधिमा ८० करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । पुस १ गतेसम्म ४२ खर्ब २२ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ८ गतेसम्म ८० अर्बले बढेर ४२ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

पुस ८ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.०६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु