राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको तलब भत्ता साढे ८४ लाख बढी, कसले कति लिए ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रले ८४ लाख ६२ हजार १३० रुपैयाँ तलब भत्ता लिएका छन् ।

जसमा निलमले ४२ लाख ६० हजार ११३ रुपैयाँ र मिश्रले ४२ लाख २ हजार १७ रुपैयाँ लिएका छन् । ढुंगानाको भन्दा मिश्रको तलब भत्ता केही कम रहेको छ ।

दुवै जनाको तलब भने बराबर नै रहेको छ । राष्ट्र बैंकका अनुसार डेपुटी गभर्नर निलमको १२ लाख ६९ हजार ६०० रुपैयाँ र मिश्रको पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ नै रहेको छ ।

निलमले सञ्चालक समितिबाट भत्ता स्वरुप २ लाख ७३ हजार रुपैयाँ लिएकी छिन् भने मिश्रले २ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तै अन्य भत्ता तथा सुविधा बापत ढुंगानाले २७ लाख १७ हजार ५१३ रुपैयाँ लिएकी छिन् भने मिश्रले २६ लाख ३६ हजार ४१७ रुपैयाँ लिएका छन् ।


क्लिकमान्डु