राष्ट्र बैंकका गभर्नर अधिकारीको तलब भत्ता करिब आधा करोड, कुन शीर्षकमा कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् । यस्तै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका छन् ।

यस्तै अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएका छन् ।


क्लिकमान्डु