८ सदस्यीय बन्यो प्रचण्डको मन्त्रिमण्डल, अर्थमा पौडेल, गृहमा लामिछाने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री रहेका छन् ।

एमालेबाट विष्णु पौडेल (अर्थ), माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ (भौतिक पूर्वाधार) र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने(गृह) सहित उपप्रधान मन्त्री बनेका छन् ।

त्यस्तै ज्वाला कुमारी शाहा, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खाँ मन्त्री बनेका छन् ।


क्लिकमान्डु