आईसीएफसी फाइनान्सको लाभांश घोषणा, बोनस र नगद आधा आधा



काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बधुबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको कम्पनीले ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तै उक्त बैठकले साधारण सभा बस्ने निर्णय पनि गरेको छ । पुस २९ गतेका लागि सभा बोलाएको कम्पनीले पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु