नेरुडे लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बधुबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

२३.१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको कम्पनीले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु