सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु