पोखरा र दमौलीमा एनसेलले फोरजी सेवा शुरु गर्यो



काठमाडौं १८ असार । पोखरा र दमौलीमा एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा शुरु गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले असार १७ गतेदेखि यी सहरहरुमा फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको हो ।

‘आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न एनसेल प्रतिबद्घ छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रूत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफुले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्याण्ड सेवाको पहुँचबाट फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको अवसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न/डाउनलोड गर्न सकिने सेवा प्रदान गर्दैछ । ग्रा

हकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ/साथै ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोड भन्दा बढि नेपाली र अन्तराष्ट्रिय गीतहरु रहेको एक वृहत डिजिटल म्युजिक लाइब्रेरी हो ।

एनसेलका ग्राहकले अंग्रेजीमा ‛क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन् ।

एनसेलले प्रविधि तटस्थताको अनुमति पाए पश्चात पहिलो चरण अन्र्तगत ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरीरहेको फोरजी सेवा गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो ।

‘पोखरा र दमौलीमा फोरजी सेवाको संचालनसँगै देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ । यसका साथै, ग्रामिण र दुर्गम स्थानहरुलाई ध्यानमा राखी सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउन पनि काम भईरहेको छ,’ शर्माले भने ।

फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त एनसेलले सन् २०१८ भित्रै देशको ४० सहरहरुमा फोरजी सेवा पुर्याउने योजना अनुसार काम गरीरहेको जनाएको छ ।


क्लिकमान्डु