सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार १४ सय रुपैयाँ बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आइतबार ९४ हजार रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदी मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आइतबार ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु