मंसिर १ बाट लाइसेन्सको अनलाइन आवेदन बन्द हुने, कहिले खुल्छ ?



काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिन नमिल्ने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरुसमेत खटिनुपर्ने भएकाले लाइसन्सको काम बन्द हुने भएको विभागले जनाएको छ ।

विभागका अनुसार मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि आवेदन प्रणाली बन्द हुने छ ।


क्लिकमान्डु