उपत्यकाभित्र प्रतिआना १२ लाख रुपैयाँमै घडेरी



काठमाडौं । तपाईं काठमाडौं उपत्यकाभित्र सस्तो घडेरीको खोजीमा हुनुहुन्छ भने खुसीको खबर छ । उपत्यकाभित्रै आनाको १२ लाख रुपैयाँमा घडेरीहरु धमाधम बिक्री वितरण भइरहेका छन् ।

ललितपुरको लेले गोदावारी नगरपालिका वडा नं. ६ स्थित सुन्दर एवं रमणिय ठाउँमा अलस्का रियलस्टेटले प्रतिआना १२ लाख रुपैयाँका दरले धमाधम बिक्री गरिरहेको छ ।

उपत्यकाको रिंगररोड सातदोबाटोदेखि १२ किलोमिटर र दक्षिण ललितपुरको बिजनेश हब चापागाउँदेखि ४ किलोमिटको दुरीमा ६ रोपनी क्षेत्रफलमा रहेको उक्त प्लटिंगमा कुल १७ वटा घडेरीहरु छन् । जसमध्ये ३ वटाको बुकिंग भइसकेको र बाँकी १४ वटाका लागि बुकिंग खुल्ला गरिएको अलस्का रियलस्टेटका सञ्चालक कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

दुई वर्षअघि नै कित्ताकाट भइसकेकाले एकै दिनमा पास गर्न सकिने उनले बताए । ३ आनादेखि साढे ५ आनासम्मका घडेरीहरु रहेको श्रेष्ठले बताए ।

तीनतिरबाट सार्वजनिक जंगलले घेरिएको उक्त प्लटिंग आनन्दबन अस्पतालबाट करिब ३ सय मिटरको दूरीमा छ । आनन्दबन अस्पतालमा दोस्रो ट्रमा सेन्टर स्थापना गर्न हालैमात्रै उदघाटन गरिएको छ ।

प्लटिंगसम्म पुँग २० फुटे र प्लटिंगभित्र १३ फिटे बाटो छ । हेटौंडा जाने कान्ति राजपथबाट ६ सय मिटरको दूरीमा रहेका यी घडेरीहरु आवासीय प्रयोजनका लागि अत्यन्तै उपयोगी हुने देखेर आफूले जग्गा प्लटिंग गरेको श्रेष्ठको भनाइ छ ।

उपत्यकाभित्र आनाको १२ लाख रुपैयाँमै जग्गा पाउनु भनेको निकै सस्तो हो, कम्पनीका सञ्चालक श्रेष्ठले भने, तीततिरबाट सार्वजनिक जंगलले घेरिएको हुँदा यहाँ घरमै बसेर दर्जनौं चराचुरुंगीको चिरबिरचिरबिर आवाज सुन्न पाइनुका साथै स्वच्छ हावापानी पाइन्छ ।

२४सै घन्टा धाराको पानीको सुविधा रहेको पनि सञ्चालक श्रेष्ठले बताए ।

योसँगै जोडिएको अर्को ४ रोपनी जग्गामा पनि तत्कालै प्लटिंग शुरु गर्न लागेको उनले जानकारी दिए । अलस्का रियलस्टेटले काठमाडौं उपत्याकाभित्र दर्जनौं ठाउँमा जग्गा प्लटिंग गरी बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु