सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु