राजस्व सचिव भन्छन्- नेपालमा चिनीको तस्करी बढ्यो



काठमाडौं । राजस्व सचिव रामेश्वर दंगालले भारतले निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपालमा चिनीको तस्करी बढेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सन्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका विषयमा आयोजना गरेको कार्यक्रममा कार्यक्रममा सचिव दंगालले यस्तो खुलासा गरेका हुन् ।

‘अहिले भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा चिनीको चोरी पैठारी बढेको हो कि भन्ने हाम्रो तथ्यांक, बजारमा चिनीको उपलब्धतालाई हेरेर त्यस्तो देखिन्छ’ उनले भने, ‘बजारमा चिनीसँगै लत्ता कपडाको पनि चोरी पैठारी बढेको देखिन्छ ।’

खुला सीमानाका कारण यो समस्या देखिएको उनको भनाइ छ । यसले राजस्वमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।

यस्तै राजस्व घट्नुमा गाडी, १५० सिसीभन्दा माथिका मोटरसाइकल, मदिरा र निश्चित रकमभन्दा बढीको मोबाइल आयातमा लगाएको प्रतिबन्धले पनि राजस्वमा प्रभाव परेको उनले दावी गरे ।


क्लिकमान्डु