पुँजीबजार र ऋणपत्रलाई स्थिर बनाउनु पर्छ: उपाध्याय



काठमाडौंं । बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले आगामी दिनमा पुँजीबजार, ऋण पत्रलाई स्थिर बनाउनु पर्ने, भेन्चर क्यापिटललाई बजारमा ल्याउनु बताएका छन् । उनले यी क्षेत्रबाट पैसा संकलन गरेर सरकारलाई चाहिने स्रोतलाई बलियो बनाउने सकिने बताए ।

तराई विकास तथा सन्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका विषयमा आयोजना गरेको कार्यक्रममा उनले कुनै बेला बैंकहरुले घर घरमा गएर कर्जा दिएको भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।

‘त्यो बेला बजारमा सहज रुपमा तरलता प्रवाह भएको थियो, डिमान्ड कम थियो आपूर्ति निकैबढी थियो । त्यो बेला हामीले उद्योगी व्यवसायीको घर घरमा गएर कम लागतमा कर्जा दिएको हो’ उनले भने ‘त्यो बेला हामीले त्यस्तो चुनौतीमा पनि काम गरेको हो । आज त्यो अवस्था छैन ।’ अहिले बैंकमा कर्जा लिन आउँदा पनि दिन नसक्ने अवस्था नभएको उनले बताए ।

असारभन्दा असोजमा साढे ३ प्रतिशत आधारदर बढेको उनले बताए । १० बर्षको इतिहासमा कुनै न कुनै समयमा तरलता अभाव भइरहेको उनको भनाइ थियो ।

अहिले रिसोर्स मिस म्याचमा समस्या भएको उनको तर्क छ । बजारमा कर्जा माग भएको बेला तरलता अभाव हुने गरेको उनी बताउँछन् ।

अध्यक्ष उपाध्यायले अहिले हरेक क्षेत्रमा लागत बढ्दै जाँदा आगामी दिनमा बैंकहरुले ब्याजदर घटाउने दिन आउन सक्ने बताए ।

‘कस्ट मात्रै बढाउने, ब्याजदर हामीले तलमाथि नगर्ने ? बैंकको एनपीएल (खराब कर्जा) बढ्ने अवस्थामा छ’ उनले भने ‘यो चुनौती बैंकिङ क्षेत्रमा आएको छ ।’

अहिलेको अर्थ व्यवस्थामा बैंकको प्रभाव धेरै रहेको उनले बताए । बजेटको आकार हाराहारीमा नै बैंकको बिजनेस रहेको उनको भनाइ छ ।


क्लिकमान्डु