सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु