केशव कुमार शर्मा सचिवमा बढुवा



काठमाडौं । सरकारले केशव कुमार शर्मालाई सचिवमा बढुवा गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवाको प्रथम श्रेणीमा कार्यरत शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगले तेस्रो नम्बरमा सिफारिस शर्मालाई सचिवमा सरकारले सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार (हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव शर्माको नाम सिफारिस गरेको थियो ।

शर्मा हाल अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । शर्मालाई बढुवासँगै सिचाइ मन्त्रालयमा पदस्थापन गरिएको छ ।


क्लिकमान्डु