आईसीएफसी फाइनान्सको नाफा २९.७९ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा आईसीएफसी फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा २९.७९ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा फाइनान्सले ४ करोड ७६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी ३४.९२ प्रतिशतले बढेर १४ करोड ८८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा फाइनान्सको खुद ब्याज आम्दानी ११ करोड ३ लाख २८ हजार रुपैयाँ थियो ।

१ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ५४ करोड ३ लाख ९० हजार रुपैयाँ सञ्चित छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा फाइनान्सको प्रति सेयर आम्दानी ११.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.३२ रुपैयाँ छ ।

फाइनान्सले पहिलो त्रैमासको अवधिमा १८ अर्ब २५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड २२ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु