राहत र करार शिक्षकलाई स्थायी गर्ने माओवादीको प्रतिबद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रले राहत, करार लगायतका शिक्षक तथा प्राध्यापकलाई स्थायी गरिने प्रतिवद्धता जनाएको छ।

मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गर्दै माओवादीले सवैका लागि गुणस्तरीय शिक्षाको प्रवन्ध मिलाउने जनाएको छ ।

माओवादीले लामो समयदेखि अध्यापन गराइरहेका एक लाखभन्दा बढी राहत, करार लगायतका शिक्षक तथा प्राध्यापकलाई विशेष कानुनी व्यवस्था गरी स्थायी गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।

शिक्षक र निजामती कर्मचारीको सेवासुविधामा रहेको विभेद पूर्णतया अन्त्य गरी एकरूपता कायम गरिने माओवादीले जनाएको छ ।

त्यस्तै विद्यालय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित गरी उनीहरुका समस्याको समाधान गरिने तथा लामो समयदेखि आंशिक प्राध्यापकका रूपमा कार्यरत प्राध्यापकहरूलाई करार तथा स्थायी गराउने प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता माओवादीले जनाएको छ ।


क्लिकमान्डु