राप्रपाको चुनावी प्रतिवद्धता : कहिल्यै नेपाल बन्द नगर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कहिल्यै नेपाल बन्द नगर्ने प्रतिबद्धता जनाएको छ ।

आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कहिले पनि नेपाल बन्द नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

कुनै पनि बिषयमा बिरोध गर्नु पर्ने नेपाल बन्द गर्ने परिपाटीको विकास हुँदा नागरिकले दुख पाउने र देशको अर्थतन्त्रमा पनि असर पर्ने भन्दै उनले नेपाल बन्द नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कहिल्यै बन्द गर्न नहुने उनको भनाइ छ ।


क्लिकमान्डु