खगेन्द्र संग्रौला कांग्रेस हुँदै होइनन्, तर थुप्रै कांग्रेसीले गुरु मान्छन्: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकपर्ण समारोहमा उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताए ।

उनले साहित्यकार संग्रौला आफू सरहका कांग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको बताए ।

महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायबिरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए ।

उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको बताए ।

‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन । तर मेरो उमेरसमूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनु भयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ’ उनले भने ।

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले माजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए ।


क्लिकमान्डु