सहकारी विभागको नयाँ कार्यविधिः तालिम तथा प्रशिक्षण पाठ्यक्रम प्रमाणीकरण नगरे कारबाही



काठमाडौं । सहकारी विभागले सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणीकरण समितिको कार्यविधि–२०७९ जारी गरेको छ ।
विभागले सहकारी नियमावली २०७५ को नियम ७९ को उपनियम (५) अनुसार उक्त कार्यविधि जारी गरेको जनाएको छ ।
कार्यविधिमा दुईदिन वा सोभन्दा बढी अवधिको सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापअन्तर्गत तालिम, शैक्षिक तथा प्रशिक्षण कार्यक्रम, पाठ्यक्रम र स्थरीकरण कार्यक्रमहरुको प्रमाणीकरणका लागि गठित समितिबाट स्वीकृत गराएपछि मात्र कार्यान्वयन गर्न सकिने व्यवस्था गरिएको छ । प्रमाणीकरण नगरेमा कारबाही गर्न सकिने व्यवस्था कार्यविधिमा रहेको छ ।

विभागकाअनुसार सहकारी सदस्य शिक्षा कार्यक्रम बाहेक सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था वा निकायले जुनसुुकै प्रकारको शैक्षिक तथा प्रशिक्षण कार्यक्रमको पाठयक्रम प्रमाणीकरणको लागि समितिमा पेश गर्नुपर्ने छ ।

यस्तै सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका सहकारी संघ संस्था वा निकायहरुले हाल सञ्चालन भइरहेका शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरुको पाठयक्रम एक वर्षभित्र प्रमाणीकरण गराइसक्नुपर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु