काठमाडौं महानगरभित्रका व्यवसाय एक महिनाभित्र दर्ता नभए बन्द गराउने



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।

दर्ता नभएको खण्डमा महानगरले व्यवसाय बन्द गरी नियमानुसार जरिवाना गराउने भएको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको भन्दै एक महिनाभित्र दर्ता गर्न विभागले भनेको हो । महानगरले तत्कालै नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता गर्न भनेको छ ।

महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।


क्लिकमान्डु