युवाले नेतृत्व गरेपनि देश सिंगापुर र स्विट्जल्याण्ड बन्न सक्दैन: डा. वाग्ले



काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन्।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले आयोजना गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा अर्थविद् वाग्लले यस्तो बताएका हुन् । उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । उनले अहिले श्रीलंकामा ३९ सय प्रतिव्यक्ति आय रहेको बताए ।

उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए ।

वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको धारणा राखे । वाग्लले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिकमा आउन झ्याल ढोका नै बन्द गर्ने प्रवृती भएको बताए ।

उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए । उनले अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धा पाल्नुपर्ने अवस्था भएपनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने अवस्था हुने बताए ।

उनले अहिले जिडिपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पु¥याउनुपर्ने बताए। वाग्गेले नेपाल उद्योग बिस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्र भन्दा साथ लेखा परीक्षक,टेलिकम,ढुवानी,बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझ्ने बताए ।


क्लिकमान्डु