राजस्व चुहावट गर्ने २ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै दुई जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
आयोगले वागलुङ जिल्ला वागलुङ नगरपालिका-७, गैरीगाउँ स्थायी हाल काठमाडौं महानगरपालिका–४, कपन मार्ग, महाराजगञ्ज बस्ने सरोज विश्वकर्मा र अम्मर विश्वकर्मा विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावर हाउस पृथ्वी राजमार्गमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मर विश्वकर्माको साथबाट विल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा २३८.३४ ग्राम सुनका ३ थान सिक्री बरामद गरेको छ ।

विभागले राजस्व चुहावट गरेको भन्दै १८ लाख ९४ हजार २०८ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु