सेयर बजारमा गिरावट जारी, नबिल बैंकको धेरै रकमको कारोबार



काठमाडौं । सेयर बजारमा आएको गिरावटले मंगलबार पनि निरन्तरता कायम राखेको छ ।

यो दिनको कारोबारमा नेप्से मापन गर्ने सूचक १६.०६ अंकले घटेर परिसूचक १८५५.१६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२१ अंकले घटेर ३६३.६३ बिन्दुमा रोकिएको छ ।

२२९ कम्पनीको १७ लाख ६८ हजार ६९२ कित्ता सेयर ५५ करोड २८ लाख ९ हजार ९८५ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूह मापन गर्ने उपसूचक ९.७१, विकास बैंक ४३.२, जलविद्युत १५.८, वित्त १३.०८, निर्जीबन बीमा ७०.७९, उत्पादन तथा प्रशोधन ३६.०३, माइक्रोफाइनान्स १७.६७, जीवन बीमा समूहको उपसूचक १२३.७५ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि समिट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिटिजन्स म्युचुअल फण्ड–१, रु रु जलविद्युत परियोजना, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ९५ लाख १० हजार ३७७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनर कम्पनी रहेका छन् ।


क्लिकमान्डु