राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेलले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पदबाट राजीनामा दिएका छन् ।
आयोगका अनुसार डा. पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।
डा. पौडेल आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव लड्न राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ बाट चुनाव लड्न लागेका डा. पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
निर्वाचनमा भाग लिने भएपछि कुनै पनि लाभको पदमा बहाल रहन नपाउने व्यवस्था भएसँगै उनले राजीनामा दिएका हुन् । पौडेललाई २०७८ साउन १२ गते वर्तमान सरकारले आयोगको उपाध्यक्ष नियुक्त दिएको थियो ।