बानेश्वर चोकमा फेरि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वर क्षेत्रमा डोजर चलाएको छ ।

शुक्रबार महानगरपालिकाले बानेश्वर चेक आसपासका क्षेत्रमा डोजर चलाएको हो ।

अतिक्रमण गरि बनाइएका संरचना र पार्किङ हटाउन महानगरले पटकपटक गरेको आग्रहलाई वेवास्ता गरिएको भन्दै महानगरले डोजर चलाएको हो ।

संसदबाट माइतीघर जानेतर्फको सडकमा फुटपाथ अतिक्रमण गरेको भन्दै महानगरले डोजर चलाएको हो । यसअघि महानगरले बानेश्वर क्षेत्रमा बेसमेन्टमा सञ्चालित पसलहरु हटाएको थियो भने पार्किङ व्यवस्थित गरेको थियो ।


क्लिकमान्डु